दीपेन्द्रले बनाए मेडन शतक
पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा १३६ बलमा ६ चौका प्रहार गर्दै दीपेन्द्रले पहिलो शतक प्रहार गरेका हुन्।
काठमाडाैं, चैत १२ : नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन्। दीपेन्द्रले १६औ खेलमा आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेका हुन्।
पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा १३६ बलमा ६ चौका प्रहार गर्दै दीपेन्द्रले पहिलो शतक प्रहार गरेका हुन्। यो नेपालका लागि एकदिवसीय क्रिकेटको तेस्रो शतक हो । यअसघि पूर्वकप्तान पारस खड्का र रोहितकुमार पौडेलले नेपालका लागि शतक प्रहार गरेका थिए।
यसअघिका १५ इनिङमा दीपेन्द्रले अर्धशतक पनि बनानका थिएनन् । उनले एकदिवसीयको १५ इनिङमा १८६ रन बनाएका थिए ।
प्रकाशित मिति: १२:३३ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











