Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत १२ : शनिबार पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र...
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
Hardik ivf

काठमाडौं, चैत १२ : शनिबार पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको रहेको छ। बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्