Kathmandu Press

पपुवा न्युगिनीविरुद्ध देवको आकर्षक अर्धशतक

काठमाडाैं, चैत १२ : युवा ब्याट्सम्यान देव खानाले राष्ट्रिय टिममा पहिलो अर्धशतक बनाएका छन् । टियू मैदानमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा...
पपुवा न्युगिनीविरुद्ध देवको आकर्षक अर्धशतक

काठमाडाैं, चैत १२ : युवा ब्याट्सम्यान देव खानाले राष्ट्रिय टिममा पहिलो अर्धशतक बनाएका छन् । टियू मैदानमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध देवले राष्ट्रिय टिममा करिअरकै पहिलो अर्धशतक प्रहार गरेका छन्।

२४औं ओभरको अन्तिम बेलमा नोर्मन भानुआलाई छक्का प्रहार गर्दै देवले अर्धशत बनाएका हुन्। राष्ट्रिय टिममा देवको यो दोस्रो खेल मात्र हो । यही सिरिजमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका देव डेब्यू खेलमा खाता खोल्ने सकेका थिएनन्।

अर्धशतक प्रहार गर्ने क्रममा देवले ७२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सुरुमा विकेट बचाएर खेलेका उनले क्रिजमा जमेपछि खुलेर सट खेलेका थिए।

सुरुआती तीन ओभरमा दुवै ओपनर गुमाएपछि दबाबमा आएको नेपाल देवको अर्धशकमा बलियो अवस्थामा आएको छ। ताजा अवस्थामा नेपालले २६ ओभरमा २ विकेटको क्षतिमा १०९ रन बनाएको छ । देव ५६ रन बनाएर खेलिरहेका छन् भने उनलाई ४४ रन बनाएका दीपेन्द्रसिंह ऐरीले साथ दिएका छन्। यी दुईले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका छन्।

प्रकाशित मिति: ११:०८ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्