सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा
काठमाडौं, चैत १२ : सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्।गएराति सम्पन्न निर्वाचनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्।...
काठमाडौं, चैत १२ : सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्।
गएराति सम्पन्न निर्वाचनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्। तुम्खेवाले ८५ मत र पन्थीले ८३ मत प्राप्त गरिन्।
त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वशी बस्न्यात निर्वाचित भएकी छन्।
सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, राधा खनाल, लोकसरी कुँवर, मञ्जिला ढकाल र पवित्रा मुडभरी विजयी भएका छन्।
प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












