Kathmandu Press

कांग्रेसको टिप्पणी- उच्चओहोदाका व्यक्तिबाट यो व्यवहार हुन्छ भने समाज कता जाँदैछ? 

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो कि उपसभामुखला....

कांग्रेसको टिप्पणी- उच्चओहोदाका व्यक्तिबाट यो व्यवहार हुन्छ भने समाज कता जाँदैछ? 
फाइल

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो कि उपसभामुखलाई कार्यवाहक दिएको हो भन्नेबारे प्रष्ट पार्न माग गरेको छ। 

पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसले सभामुख पदबाट दिएको राजीनामाबारे प्रष्ट पार्नु पर्ने माग गरेको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महराले जिम्मेवारी त्याग गरेर निष्पक्ष छानबिनका पद त्याग गरेको हो कि कार्यवाहक दिनु भएको हो भन्नेबारे कांग्रेस प्रष्ट हुन चाहेको बताए। 

‘सभामुख महराले छानविन प्रक्रिया नसकिएसम्म भनेर राजीनामा दिनु भएको छ,’ उनले भने,‘ उहाँले राजीनामा दिएको हो कि कार्यवाहक दिएको हो त्योबारे सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट पार्नु पर्छ। यो गम्भीर विषय हो।’

उनले उच्च ओहोदाका व्यक्तिबाट एउटा नारीमाथि यस्तो व्यवहार हुन्छ भने समाज कता जाँदैछ भन्ने प्रश्न पनि गरे। ‘घटना दुखद छ। त्योभन्दा पनि एउटा नारीलाई दिनु पर्ने सम्मान र  मर्यादा राख्नु पर्ने सन्दर्भमा यो तहबाट यस्तो प्रकारको व्यवहार हुन्छ भने समाज कता जाँदैछ?,’ शर्माले प्रश्न गरे।

उनले कानूनको नजरमा सबै बराबर हुने भएकाले निर्दोष हुन पाउने अधिकार सामान्य नागरिकलाई समेत भएको बताए।

‘कानूनको नजरमा सबै बराबर हुन्छन्। निर्दाेष हुन पाउने अधिकार सामान्य नागरिकलाई पनि छ। कुसरमा दोषी ठहर भएर जेल जानु पर्ने वा दण्डित हुनु पर्ने कुरा पनि ठूला व्यक्ति र सर्वसाधारणले स्वीकार्नु पर्ने हुन्छ,’ उनले भने।

शर्माले सभामुख महराले दिएको राजीनामा पत्रमा ‘छानबिन नसकिएसम्म’ भन्ने शब्दावलीप्रति आपत्ति जनाए।

‘मानौं घटनाबारे छानबिन गर्न एक वर्ष लाग्यो भने के एक वर्षस्म्म कार्यवाहक सभामुखको नेतृत्वमा जाने? अवथा  छानविन प्रक्रिया टुंगिसकेपछि एक खालको निर्णय आउला, निर्दोष वा दणित हुने। नेपालको राज्यले कानूनी अधिकार राख्ने हो कि उहाँले राख्ने हो?’ शर्माले भने।
 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, असोज १४, २०७६