Kathmandu Press

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

माेरङ, चैत ११ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन।...
निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

माेरङ, चैत ११ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन। विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’

मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताए। ‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उनले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताए। कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिए।

Hardik ivf

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने पराम्परा विसं २००७ देखि चलिआएको स्मरण गरे। उनले पार्टीको १४ औँ महाधिवेशनपछि सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना नेकांलाई मुलुकको सबैभन्दा ठूलो, शाक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नेतृत्व लिने उद्देश्यले कार्यकर्ता अहोरात्र मेहनत गरिरहेको बताए। मन्त्री मन्त्रीमण्डल विस्तार सम्बन्धमा कुनै जानकारी नरहेको उनले उल्लेख गरे।

मन्त्री कार्कीले चीनका विदेशमन्त्रीलाई नेपालले हार्दिकताका साथ स्वागत गर्ने विश्वास दिलाउँदै मुलुकको विकासका निम्ती छिमेकी र मित्र राष्ट्र तथा दातृ निकायसँग राष्ट्रिय हितका आधारमा छलफल हुने बताए।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्