Kathmandu Press

स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी

दमाैली, चैत ११ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन। एमाले तनहुँ जिल्ला कमिटीले...
स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी

दमाैली, चैत ११ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन। एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उनले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गरे।

'एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ,' उनले भने, 'एमालेलाई हराउने कुनै शक्ति छैन।' विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उनको भनाइ थियो। एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले केपी ओली नेतृत्वको सरकारले गरेका कामका कारण जनतामा एमालेको आकर्षण बढेको बताए।

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्