Kathmandu Press

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनल प्रवेश

सुदूरपश्चिम, चैत ११ : धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल...
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनल प्रवेश

सुदूरपश्चिम, चैत ११ : धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन्। आजको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन्। आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। उक्त खेलका ‘म्यान अफ द म्याच’ आर्मीका मानबहादुर श्रेष्ठ भए। आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो। पाँचाैँ सेट १५–१२ ले जित्दै पुलिस क्लब फाइनलको यात्रा तय गरेको हो। खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका रविन चन्द भए।

फाइनल प्रतिस्पर्धा शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताको विजेताले चार लाख रूपैयाँ, उपविजेताले दुई लाख रूपैयाँ, तेस्रो हुने टोलीले एक लाख रूपैयाँ र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार रूपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्