सचिवालय बैठकमा निराश नेकपा नेताहरू
काठमाडौं, असोज १४ : सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि आज बिहानै नेकपाको सचिवालय बैठक बोलाइएको थियो। बैठकमा नेकपा नेताहरू निराश देखिन....
काठमाडौं, असोज १४ : सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि आज बिहानै नेकपाको सचिवालय बैठक बोलाइएको थियो। बैठकमा नेकपा नेताहरू निराश देखिन्थे।
संसदीय सचिवालयकै महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी थिइन्। आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका महराले बलात्कार गरेको महिलाको आरोप छ।
यो विषय सञ्चारमाध्यममा आएपछि आज बिहान आकस्मिक रुपमा नेकपाको सचिवालय बैठक बोलाइएको थियो। बिहान ११ बजे बोलाएको बैठक अघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। दुवै नेताले महरालाई राजीनामा दिन लगाउने तय गरेका थिए।
त्यसपछि बसेको सचिवालय बैठकमा सहभागी नेकपा नेताहरू निराश देखिन्थे।
नेकपा सचिवालयका केही दृश्य :






