आठ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, असोज १४ : दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य घटेको छ।
सोमबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो। ने....
काठमाडौं, असोज १४ : दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य घटेको छ।
सोमबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार सात सयमा खरिदबिक्री भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले घटेको छ। स्थानीय बजारमा आज चाँदी प्रतितोला आठ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।
पछिल्लो दुई/तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ।






