Kathmandu Press

चैत १८ र १९ गते १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चैत १८ र १९ गते १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

काठमाडाैं, चैत ११ : नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।

तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो।  अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ।

२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिए।

प्रतियोगितामा सिनियर तथा जुनियर गरि २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने उनले बताए। प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैया खर्च हुने संघले जनाएको छ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्