Kathmandu Press

आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग गठबन्धन गर्छाैं : नेपाल

काठमाडाैं, चैत ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताएका छन्। शुक्रबार काठमाडौंमा पार्टी निकट महिला...
आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग गठबन्धन गर्छाैं : नेपाल

काठमाडाैं, चैत ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताएका छन्। 

शुक्रबार काठमाडौंमा पार्टी निकट महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्वाचनको तयारीलाई तीव्रता दिएको भन्दै विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताएका हुन्।

उनले कांग्रेसका केही नेताहरु गठबन्धनको विपक्षमा र प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको पक्षमा रहेकाले कांग्रेसको औपचारिक निर्णय पर्खिरहेको धारणा पनि राखे। गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको भन्दै अध्यक्ष नेपालले केही व्यक्ति अहिले पनि गठबन्धन तोड्न लागिरहेको आरोप लगाए।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग साँठगाँठ गर्न खोजिरहेको र त्यसका लागि सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेको बताए। दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्न खोज्ने भए पनि आफूहरु लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्ने उनले बताए।  अध्यक्ष नेपालले ६ महिनाभित्रै आफ्नो पार्टी विस्तार भएका कारण वैरीहरु आतिएर मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरे।

उनले मुलुकभर नै  आफ्नो पार्टीमा प्रवेश गर्नेको महाभियान नै चलेको दाबी गरे। त्यस्तै अध्यक्ष नेपालले यसअघि एमालेले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो सहभागीता भएको धारणा पनि राखे। 

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्