सभामुखलाई राजीनामा दिन लगाउने नेकपा नेताको तयारी
काठमाडौं, असोज १४ : नेकपा नेताहरूले संघीय संसद्का सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन लगाउने गरी छलफल थालेका छन्। आज बिहान नेकपा अध्यक्षद्वय प्रधा....

काठमाडौं, असोज १४ : नेकपा नेताहरूले संघीय संसद्का सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन लगाउने गरी छलफल थालेका छन्। आज बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल पछि राजीनामाको लागि छलफल गर्न थालिएको हो।
संसद् सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ। केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा सभामुख महरालाई राजीनामा गर्न लगाइने नेकपा एक नेताले बताए।
सचिवालय बैठकका लागि नेकपा नेताहरु बालुवाटार पुगिसकेका छन्। बैठक अघि सभामुख महराका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरेका छन्।
ओली र प्रचण्डबीचको छलफलमा सभामुख महरालाई राजीनामा दिन लगाउने तय भएको जनाएको छ। त्यस विषयमा केहीबेरमा बस्ने सचिवालय बैठकमा छलफल हुनेछ।
संसद् सचिवालयकी कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै महरा कोठाबाट निस्केको ति महिलाले बताएकी छन्। राति नै प्रहरीले उनको कोठामा पुगेर फोटो खिच्नुका साथै सोधपुछ गरेको थियो।
सोमबार महराको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको थियो। तर, आज बिहान विभिन्न मिडियासँगको कुराकानीमा सभामुख महराले उनको कोठामा गएको स्वीकारेका छन्। तर, उनले केही गलत नगरेको बताउदै आएका छन्।
याे पनि पढ्नुस् :
नेकपा सचिवालय बैठक बस्दै, सभामुखका विषयमा छलफल हुने
सभामुखमाथिको आरोप छानविन हुनुपर्छ : गगन थापा











