Kathmandu Press

नेविसंघका नवनियुक्त अध्यक्ष शेर्पाद्वारा पदभार ग्रहण

काठमाडाैं, चैत ११ : नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन्। शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन्।पदभार...
नेविसंघका नवनियुक्त अध्यक्ष शेर्पाद्वारा पदभार ग्रहण

काठमाडाैं, चैत ११ : नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन्। 

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन्।

पदभार ग्रहणपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२औं महाधिवेशन गर्ने बताए।

विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ थियाे। त्यस्तै उनले आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दाबी गरे।

कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको गरेको हो। 

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्