Kathmandu Press

घरेलु मैदानमा चलेन नेपालको बलिङ, पिएनजीले दियो २९३ रनको विशाल लक्ष्य

काठमाडौं, चैत ११ : कीर्तिपुरस्थित टियू मैदानमा एकदिवसीय सिरिज खेलिरहेको नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खराब बलिङ गरेको छ। नेपाली बलरहरु महँगो सावित भएपछि टस...
घरेलु मैदानमा चलेन नेपालको बलिङ, पिएनजीले दियो २९३ रनको विशाल लक्ष्य
फाइल तस्बिर

काठमाडौं, चैत ११ : कीर्तिपुरस्थित टियू मैदानमा एकदिवसीय सिरिज खेलिरहेको नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खराब बलिङ गरेको छ। नेपाली बलरहरु महँगो सावित भएपछि टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई २९३ रनको विशाल लक्ष्य दिएको छ।

खराब ब्याटिङ गरिरहेको नेपालका लािग यो लक्ष्य पछ्याउन निकै कठीन हुने देखिन्छ । पहिला ब्याटिङ गरेको पपुवा न्यगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २९२ रन बनायो।

उसका लागि चार्लस अमिनीले सर्वाधिक ७७ रन बनाए । उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए। यस्तै कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रन बनाउँदा नर्मन भानुआले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। यस्तै, टोनी उराले ३८ तथा रिलेइ हेकुरेले ३१ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । २ विकेट लिए पनि सोमपाल निकै महँगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए । यो एकदिवसीय क्रिकेटमा नेपाली बलरको सबैभन्दा महँगो स्पेल हो। यस्तै, कमलले ९ ओभरमा ५६ रन खर्चिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने पनि घरेलु मैदान महँगो बने। उनले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए। यस्तै, पनव सर्राफको नाममा पनि १ विकेट र्हयो । किफायति बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रन मात्र खर्चिए।

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्