Kathmandu Press

दोहोरी साँझमा महिला कुट्ने युवा संघ केन्द्रीय सदस्य बम पक्राउ

काठमाडौं, चैत ११ : ठमेलस्थित इन्द्रेणी दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।महानगरीय...
दोहोरी साँझमा महिला कुट्ने युवा संघ केन्द्रीय सदस्य बम पक्राउ

काठमाडौं, चैत ११ : ठमेलस्थित इन्द्रेणी दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महिला कलाकारमाथि अभद्र व्यवहार गरेको अभियोगमा बमविरुद्ध मुद्दा चलाइनेछ। उनले दोहोरी साँझमा कार्यरत एक महिलालाई लछारपछार पारेर लात्ती र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ।

बमविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले जानकारी दिए।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्