Kathmandu Press

थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

काठमाडौं, चैत ११ : तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि...
थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

काठमाडौं, चैत ११ : तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । 

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए। 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।
 
बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्