नेकपा सचिवालय बैठक बस्दै, सभामुखका विषयमा छलफल हुने
काठमाडौं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ। बैठकमा सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा प....

काठमाडौं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ। बैठकमा सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा पनि छलफल हुने जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्न लागेको हो। त्यसका लागि नेकपा नेताहरु बालुवाटार पुगिसकेको जनाएको छ।
सचिवालय बैठक बस्नु अघि नेकपा अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको जनाएको छ। सभामुख महरामाथि लागेको आरोपका विषयमा दुवै नेताबीच छलफल भइरहेको नेकपा स्रोतको भनाइ छ।
दुवै नेताबीच छलफल पछि सचिवालय बैठक बस्नेछ। त्यसमा सभामुख महरामाथि लागेको अभियोगका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाएको छ।
संसद सचिवालयमै कार्यरत एक महिलाले सभामुख महरामाथि बलात्कारको आरोप लगाएकी छन्। आइतबार राति ८ बजे मदिरा सेवन गरेर कोठामा आएका महराले बलात्कार गरेको आरोप महिलाले लगाएकी छन्।
याे पनि पढ्नुस् :
सभामुखमाथिको आरोप छानविन हुनुपर्छ : गगन थापा











