Kathmandu Press

फलोअप उपचारका लागि वर्षमान पुन चीन प्रस्थान 

काठमाडौं, चैत ११ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लािग चीन प्रस्थान गरेका छन्। शुक्रबार बिहान कार्गों विमानमार्फत पत्नी ओनसरी...
फलोअप उपचारका लागि वर्षमान पुन चीन प्रस्थान 

काठमाडौं, चैत ११ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लािग चीन प्रस्थान गरेका छन्। शुक्रबार बिहान कार्गों विमानमार्फत पत्नी ओनसरी घर्तीको साथमा पुन चीन प्रस्थान गरेका हुन्। 

पुन दम्पतीसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन्। जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। 

स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए। स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन्। स्वास्थ्य जाँच गरी पुन चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ।
 

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्