Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठकअघि बोहराटारमा पौडेल पक्षको छुट्टै बैठक

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग छुट्टै बैठक गरेका छन्। शुक्रबार बिहान नेताहरु शशांक...
कांग्रेस केन्द्रीय समिति बैठकअघि बोहराटारमा पौडेल पक्षको छुट्टै बैठक

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग छुट्टै बैठक गरेका छन्। शुक्रबार बिहान नेताहरु शशांक कोइराला, दीपक गिरी र केही जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन्। पौडेल निवास बोहराटारमा नेताहरुको छलफल जारी रहेको बताइएको छ। 

केन्द्रीय समिति बैठकको पूर्वतयारीका लागि पौडेल आफुनिकट नेताहरुसँग छलफलमा जुटेका हुन्। केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दैछ। बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गर्नका लागि संसदीय समिति गठन गर्ने, स्थानीय निर्वाचनमा गठबन्धन बनाउने लगायतका विषयमा निर्णय गर्दैछ। 

ती विषयमा आफ्नो धारणा बनाउनका लागि पौडेलले आफूनिकटका नेताहरुसँग छलफल गरेका हुन्। 

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्