एमालेका अध्यक्ष ओली आज उदयपुर जाँदै
काठमाडौं, चैत ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन् ।मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर...
काठमाडौं, चैत ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन् ।
मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेका हुन् । त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ०७:४४ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











