Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैं, संसदीय समिति गठन गरिने 

काठमाडौं, चैत ११ : सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैं, संसदीय समिति गठन गरिने 

काठमाडौं, चैत ११ : सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । 

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि संसदीय समिति गठन गर्ने बताईएको छ । 

कांग्रेसको पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ । 

बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा समेत गरिने छ । 

प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्