Kathmandu Press

औषधिमै आर्थिक अनियमितता !

हुम्ला, चैत १० : स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका...
औषधिमै आर्थिक अनियमितता !
Hardik ivf

हुम्ला, चैत १० : स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरियो भने त्यो के होला ? यस्तै भएको छ हुम्लामा।

हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा औषधिका लागि विनियोजित बजेट हिनामिना भएको पाइएको हो।

उक्त कार्यमा वडाध्यक्ष रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नता रहेको अख्तियारले जनाएको छ। आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: २०:२८ बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्