Kathmandu Press

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं, चैत १० : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। बिहीबार थाइल्यान्डको चुनबारीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०ले पराजित भएको हो। पहिलो...
मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं, चैत १० : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। 

बिहीबार थाइल्यान्डको चुनबारीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०ले पराजित भएको हो। 

पहिलो हाफमा बलियो थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाएको थियो । थाइल्यान्डका लागि फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे।  

७८औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । ८९औं मिनेटमा चाओवाटले गोल गरेपछि नेपाल थाइल्यान्डसँग २–०ले पराजित भयो।

नेपाल एसियन कप छनोटको तयारीका थाइल्यान्ड पुगेको हो। नेपालले थाइल्यान्डकै शीर्ष डिभिजन क्लबसँग पनि एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । चुनबारीमा नेपालले आइतबार चुनबारी एफसीसँग खेल्ने छ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्