Kathmandu Press

दुबईमा भ्यान दुर्घटना, ६ जना नेपालीको मृत्यु

काठमाडौं, असोज १३ : युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई एक सवारी दुर्घटनामाा परेर ६ जना नेपालीसहित ८ जनाको निधन भएको छ। 

स्थानीय समयअन....

दुबईमा भ्यान दुर्घटना, ६ जना नेपालीको मृत्यु
द नेस्नल डट एइ

काठमाडौं, असोज १३ : युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई एक सवारी दुर्घटनामाा परेर ६ जना नेपालीसहित ८ जनाको निधन भएको छ। 

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर ५४ मिनेटमा सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे भ्यान लरीसँग ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको छ।

उक्त मिनीबसमा रहेका अन्य एक भारतीय र एक पाकिस्थानी नागरिकको पनि मृत्यु भएको छ। मृतक नेपालीहरुको नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन। 

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको रहेको छ। घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: २१:५३ बजे, सोमबार, असोज १३, २०७६