कांग्रेसले महामन्त्री थापालाई बनायो घोषणापत्र तयारी समितिको संयोजक
काठमाडौं, चैत १० : नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको छ । केन्द्रीय कार्यसमितिको फागुन ३...
काठमाडौं, चैत १० : नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको छ ।
केन्द्रीय कार्यसमितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिको संयोजकमा थापालाई मनोनयन गरेका हुन् ।
जारी बिज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक मनोनयन गर्नु भएको छ । ’
प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











