Kathmandu Press

क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको...
क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए। उनले भने, 'अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ। मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।'

धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ। अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताए। जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, केन्द्रीय सदस्य पेमा लामालगायतले आ–आफ्नो धारणा राखेका थिए। प्रतियोगितामा तीन विभागीयसहित आठ टोली सहभागी छन्। प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल यही चैत ३० गतेसम्म सञ्चालन हुनेछन्। दोस्रो चरणका खेल मोरङको विराटनगरमा हुनेछन्। प्रतियोगिताको विजेताले २० लाख रूपैयाँ, दोस्रो हुनेले १० लाख रूपैयाँ, तेस्रो हुनेले पाँच लाख रूपैयाँ तथा चौथो हुने टोलीले तीन लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्