Kathmandu Press

कांग्रेस, एमाले र माओवादीले देश बनाउँछ भन्नु भ्रम मात्रै हो’: अध्यक्ष लिङ्गदेन

कांग्रेस, एमाले र माओवादीले देश बनाउँछ भन्नु भ्रम मात्रै हो’: अध्यक्ष लिङ्गदेन

गाेरखा, चैत १० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन्। बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।
 
‘३१ बर्षदेखि केही सिमित राजनीतिक दल र तीनका सिमित नेताको चक्रव्यूमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अवको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी वर्वाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्वाद हुन्छ।’

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउछ भन्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै भएको लिङ्गदेनले टिप्पणी गरे। ‘साढेको टाङमुनी बाल्टी थापेर दुध आउछ? साँढेले दुध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ? खान पुगेन भनेर दाना थपिदिदाँ दुध आउछ? साढेँको धर्म नै दुध दिने होइन कसरी आउछ, त्यसैले ठुला भनिने दललाइ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने। ठुला भनिएका राजनीतिक पार्टीले देशलाई भिग माग्ने बनाएको भन्दै उनले एमसिसी पास गर्नु गलत भएको तर्क गरे। सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्