अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
काठमाडौं, चैत १० : नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ । शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ ।
प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार