Kathmandu Press

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

दमाैली, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन। तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि...
महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

दमाैली, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन। तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे।

आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, 'कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो।' हरेक नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको उनको भनाइ थियो। स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाले बताए।

Hardik ivf

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने धारणा राखे। तनहुँमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशी तथा बाह्य लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकार विकास र समृद्धिको पक्षमा लागिपरेको बताए। वैदेशिक रोजगारीमा भएका बेथिती हटाउन आफू लागि परेको बताउँदै मन्त्ती श्रष्ठले देशभित्रै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए। चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ। साथै महोत्सवमा छ करोड रूपैयाँ बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ। महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्