कैलालीमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटोफिचर)
काठमाडौं, चैत १० : नेपाली सेनाको कैलाली तेघरीस्थित श्री भवानीदल गणमा आयोजना भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८७ कार्यक्रम सम्पन्न भएको छ...
काठमाडौं, चैत १० : नेपाली सेनाको कैलाली तेघरीस्थित श्री भवानीदल गणमा आयोजना भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८७ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा मिति २०७८ चैत्र १० गते, प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा कैलाली जिल्ला, तेघरीस्थित श्री भवानीदल गणमा आयोजना भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८ कार्यक्रम सम्पन्न भएको हो ।

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दीप प्रज्वलन गरी समुद्घाटन भएको यस सम्मेलनमा कैलाली र कञ्चनपुर जिल्लाहरुमा बसोबास गर्ने करीब २३०० जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।





सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नु हुँदै सम्मेलनमा भूतपूर्व सैनिक तथा परिवारजनहरुको सक्रिय उपस्थितीले नेपाली सेनालाई थप हौसला मिलेको बताएका छन् ।

.jpg)














