Kathmandu Press

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्। तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री...
स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्। 

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उहाँले उद्घाटन गरेका हुन्। 
    
सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा मिनेन्द्र रिजाललगायतले मन्तव्य राखेका थिए। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनताको भावनालाई बुझेर गाउँपालिकाले काम गरिरहेको बताए।  तीन करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो। 

विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु गरिएको थियो। तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालेको थियो। 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्