Kathmandu Press

पाटन दरबार संग्रहालयमा चार दिने प्राङ्गारिक कृषी मेला हुने 

काठमाडौं, चैत १० : ललितपुरको पाटन दरबार संग्राहलयमा चार दिने पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्गानिक...
पाटन दरबार संग्रहालयमा चार दिने प्राङ्गारिक कृषी मेला हुने 

काठमाडौं, चैत १० : ललितपुरको पाटन दरबार संग्राहलयमा चार दिने पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्गानिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंगा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल बैशाख १ गतेदेखि ४ गतेसम्म हुने जानकारी दिइएको हो । 

Hardik ivf

जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्ने र जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा अर्गानिक एशोसिएसनका महासचिव तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै १ करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको जानकारी दिए।  

चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्