Kathmandu Press

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने 

काठमाडौं, चैत १० : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने जनाएको छ।निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा...
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने 

काठमाडौं, चैत १० : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने जनाएको छ।

निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुल मतदाताभन्दा १० प्रतिशत बढी अर्थात् करिब २ करोड मतपत्र छापिने जानकारी दिए।

त्यस्तै आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेजको बोलपत्र स्वीकृत गरी आपूर्तीकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ।

त्यस्तै सहप्रवक्ता अर्यालले निर्वाचन आचारसंहितामा उम्मेद्वारले राजीनामा दिनुपर्ने बुँदामा अदालतको आदेश भएका त्यसबाहेकका अन्य आचारसंहिता लागू हुने जानकारी दिए।

त्यस्तै उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासंगको अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको बताए।

आयोगले राष्ट्रिय मान्यताप्राप्त दल बाहेकका ७३ राजनीतिक दलहरुलाई जिल्लास्तरको संगठन संरचनाको विवरण पेस गर्न भनिएकोमा प्राप्त विवरण रुजु तथा भिडान गर्ने काम भइरहेको जनाएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्