Kathmandu Press

चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं, चैत १० : नेकपा एमालेले  बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ।बिहीबार काठमाडौंमा सम्पन्न एमाले...
चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं, चैत १० : एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

आगामी निर्वाचनका लागि कार्यक्रम गर्दा बढीमा ५ जनामात्र अतिथि राख्ने र ५ जनासम्मको मात्र भाषण राखिने पनि तय भएको उनले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका थिए।

गठबन्धनको भयबाट मुक्त भए चुनावमा जान ओलीले निर्देशन दिएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए। 

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्