Kathmandu Press

प्रदेश १ को बैठकमा सञ्चार विधेयकको प्रस्ताव पेश

विराटनगर, चैत १० : ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को...
प्रदेश १ को बैठकमा सञ्चार विधेयकको प्रस्ताव पेश

विराटनगर, चैत १० : ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । 

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन्।

उनले यो विधेयकले संविधानप्रदत जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन सभामा पेश भयो,’ उनले भने। प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम अर्थ समितिका सभापति मोहनचन्द्र खड्काले पेश गरेका थिए। 

Hardik ivf

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै विगतका सरकारले बजेट निर्माणमा आफ्नो प्राथमिकतामा चुकेको आरोप लगाए। उनले पहिलो चौमासिक सकिन लागेको समयमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै सरकार बजेट कार्यान्वयनमा लागिपरेको बताए। 

मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रमा दीर्घकालीन दायित्व सिर्जना गर्ने योजनामा बजेट काटिएको उल्लेख गर्दै विगतका सरकारले मूल योजनाबाहेक टुक्रे योजनामा बढी ध्यान दिएको बताए। बहुवर्षीय योजनामा विनियोजित बजेटभित्र रहि खर्च गर्न सम्बन्धित निकायलाई अधिकार दिएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्तिममा प्रदेश सरकारले ९० प्रतिशत बजेट खर्च गरिसक्ने उल्लेख गरे। 

विशेष समयमा कसले के भने ? 

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मोरङको लेटाङमा कर्तव्य पालनको सिलसिलामा आफ्ना ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। 

उनले जनताको बलिदानबाट प्राप्त उलब्धि र संविधानको रक्षा गर्न बनेको गठबन्धन सरकारले जनताका पक्षमा काम गरिरहेको बताउँदै सरकार मितव्ययीय हुनुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेस संविधानको रक्षा गर्न सदैव तयार छ भन्दै प्रदेश सरकार सुविधामुखी नभएर सेवामुखी बन्नुपर्ने सुझाव दिए। 

नेता कोइरालाले नेपाली कांग्रेस कसैको पनि पछि लुरुलुरु नहिँडेको उल्लेख गर्दै नेपाली जनताले प्राप्त गरेको उलब्धिलाई कुण्ठित गर्न विगतका प्रधानमन्त्रीले दुईपटक संसद् विघटन गरी प्रतिगमन गरेको आरोप लगाए। उनले भने, ‘यो कदमलाई सम्मानित सर्वोच्च अदालत र राजनीतिक दलले पनि प्रतिगमन भएको ठहर गरिसकेको छ।’

उनले प्रदेशको नाम सबैले रुचाउने, सबैले पचाउने साझा सहमतिको आधारमा हुनुपर्ने भन्दै प्रदेशको नामकरण चालु हिउँदे अधिवेशनमा नभए बजेट अधिवेशनमा गर्ने सङ्कल्प लिन सबै राजनीतिक दललाई आग्रह गरे । नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएकाले यसको स्त्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिदैं छुट्टै भाषा र संस्कृति रहेको खवास जातिलाई उत्थान गर्न सरकारको ध्यानकर्षण गरे। 
 

शून्य समयमा सांसदहरुको भनाई 

प्रदेश सभासदस्य विन्दिया कार्की र ज्योति सुब्बाले मोरङको लेटाङमा भएको यौन दुव्र्यवहारका घटना र पछि बनेको परिस्थितिमा कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। उनीहरुले प्रदेशमा दिनप्रतिदिन बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता कुकर्म गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरे।

सदस्य सुनिता चौधरीले उदयपुरको बेलका नगरपालिकाअन्तर्गत सिसवा खोलामा अनधिकृतरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेकाले यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइन्। प्रदेशसभाको अर्को बैठक यही चैत ११ गते बिहान ११ः३० बस्नेछ।  

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्