Kathmandu Press

कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई 

मोरङ, चैत १० : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई चयन भएका छन्।विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले राईलाई प्रमुख सचेतकमा...
कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई 

मोरङ, चैत १० : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई चयन भएका छन्।

विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले राईलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो। कार्यालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएको हो।

राईलाई संसदीय दलका नेता राजीव कोइरालाले नियुक्त गरेका हुन्। मोरङ–३ को १ बाट प्रत्यक्षमा विजयी भएका राई यसअघि प्रदेशसभामा सचेतकको भूमिकामा थिए।

यसअघि दलको प्रमुख सचेतक केदार कार्की थिए। उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतकको जिम्मेवारी रिक्त थियो।

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्