ह्वाट्स एपमार्फत हुन्डी कारोबार गर्नेविरुद्ध चार अर्ब १५ करोडको मुद्दा
काठमाडौं, माघ २२ : राजस्व अनुसन्धान विभागले मोबाइल एप्लिकेसन ह्वाट्स एपमार्फत हुन्डी कारोबार गर्ने आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार,....

काठमाडौं, माघ २२ : राजस्व अनुसन्धान विभागले मोबाइल एप्लिकेसन ह्वाट्स एपमार्फत हुन्डी कारोबार गर्ने आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार, आठ जना विरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दावी गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको हो ।
विभागले रामेश्वर साह, उनकी श्रीमती मीनादेवी साह, विजय यादव, मोख्त अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुले मोबाइल एप्लिकेसन ह्वाट्स एपमार्फत विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट ठुलो परिमाणमा अवैधरुपमा अन्तरदेशीय कारोबारसमेत गरेको प्रमाणित भएको विभागले जनाएको छ ।
अनुसन्धानका क्रममा संकलित भौचर तथा खाताबहीबाट देखिएको चार अर्ब १५ करोड तथा रामेश्वर साहको घरबाट बरामद भएको ८३ लाख ६९ हजार दुई सय ५० भारतीय रुपैयाँ तथा ६ हजार पाँच सय रुपैयाँसमेत गरी चार अर्ब १६ करोड रुपैयाँ हुण्डी कारोबार गरेको पुष्टी भएको विभागको दावी छ । विभागले एक महिना लगाएर अनुसन्धान गरेको समेत जनाएको छ ।











