Kathmandu Press

एमालेले घोषणापत्र तयारीका लागि बनायाे कार्यदल

काठमाडौं, चैत १० : एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको छ। आज (बिहीबार) बसेको केन्द्रीय कमिटी...
एमालेले घोषणापत्र तयारीका लागि बनायाे कार्यदल

काठमाडौं, चैत १० : एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको छ। 

आज (बिहीबार) बसेको केन्द्रीय कमिटी बैठकले बनाएको कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल सदस्य छन्।

अन्य सदस्यहरुमा प्रभु साह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन्।

कार्यदलले घोषणापत्रको मस्यौदा चैत मसान्तभित्र सचिवालय बैठकमा प्रस्तुत गर्नुपर्ने जनाइएको छ। आउँदो वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा एमालेले घोषणापत्र जारी गर्दैछ।

एमालेले सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्