नीति तथा कार्यक्रममा यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्नुपर्छ : मन्त्री रेग्मी
काठमाडाैं, चैत १० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न...
काठमाडाैं, चैत १० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गर्नुपर्ने बताएकी छन्।
महिला, कानुन र विकास मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल सुरु भइसकेको भन्दै यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गर्नुपर्ने बताएकी हुन्।
जनसङ्ख्याको ७५ प्रतिशतको प्रतिनिधित्व गर्ने मन्त्रालयमा बजेट धेरै न्यून रहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा मात्र रु. एक अर्बभन्दा बढी पुर्याउन सफल भएको जानकारी दिए।
उनले यसपटक पनि जिल्लामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका समस्या सुन्नका लागि सम्पर्क कार्यालय स्थापना हुने विश्वास व्यक्त गरे। महिला राष्ट्रपति भएकाले महिला दिवसको कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रण दिन समय माग गर्दा पनि महिला मन्त्रीले पाउन नसकिएको गुनासो गरे।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाका विषयमा भएका कानुनी व्यवस्था एवं सर्वाेच्च अदालतले गरेका आदेश कार्यान्वयन नहुँदा समस्या आएको बताए।











