Kathmandu Press

चितवन मेडिकल कलेजका विद्यार्थी अभिभावकसहित उत्रिए आन्दोलनमा

काठमाडौं, असोज १३ : चितवन मेडिकल कलेजलाई माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थी फेरि आन्दोलनमा उत्रिएका छन्।

सहमति अनुसार बढ....

चितवन मेडिकल कलेजका विद्यार्थी अभिभावकसहित उत्रिए आन्दोलनमा

काठमाडौं, असोज १३ : चितवन मेडिकल कलेजलाई माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थी फेरि आन्दोलनमा उत्रिएका छन्।

सहमति अनुसार बढी लिएको शुल्क फिर्ता नगरेको भन्दै अभिभावकसहित विद्यार्थीहरु आन्दोलन उत्रिएका हुन्।

एक महिना अगाडि कलेज सञ्चालक, जिल्ला प्रशासन, जिल्ला शिक्षाका प्रतिनिधि, विद्यार्थी अभिभावकबीच वार्ता हुँदा विद्यार्थीबाट लिइएको सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो। 

तर, कलेज सञ्चालकले निर्णय कार्यान्वयन गर्न अटेर गरेको भन्दै विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका थिए। २४ घण्टे अल्टिमेटम सकिएपनि शुल्क फिर्ता नभएपछि अभिभावकसहित आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत विद्यार्थी प्रविण लामाले बताए।

दशैंमा सरकारी कार्यालय पनि बन्द हुने र विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको लामाले बताए।
 
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्