Kathmandu Press

श्रमिक हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह

काठमाडाैं, चैत १० : नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) ले नेपाली श्रमिकहरूको बृहत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह गरेको छ।एनटियुसी...
श्रमिक हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह

काठमाडाैं, चैत १० : नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) ले नेपाली श्रमिकहरूको बृहत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह गरेको छ।

एनटियुसी र कांग्रेसबीच भएको सात बुँदे समझदारी कार्यान्वयन भए मात्र आमश्रमिकको जीवनस्तर उकास्न सकिने भएकाले सो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन लैजान आग्रह गरिएको हो।

Hardik ivf

संस्थापक अध्यक्ष स्व गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको सन्दर्भ पारेर यही चैत ७ र ८ गते भएको राष्ट्रिय समितिको निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकार र राजनीतिक दलहरु श्रमजीवीहरूको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाए।

रोजगारदाता इमान्दार नहुँदा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन प्रभावकारी बन्न नसकेको भन्दै उहाँले यसमा सरकारको इच्छाशक्तिको कमी देखिएको गुनासो गरे।

एनटियुसी बैठकले संविधानदेखि सबै पार्टीका प्रमुख नीति समाजवाद भए पनि कार्यक्रम भने त्यसको विपरीत हुने गरेको निष्कर्ष निकालेको महासचिव योगन्द्रकुमार कुँवरले जानकारी दिए। 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्