Kathmandu Press

भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी

भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी

काठमाडाैं, चैत १० : गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। आफूलाई अब्बल सावित गर्दै निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाएका दुवै प्रत्यासीले व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट र एजेण्डाबारे छलफल गरेर आफ्नो पक्षमा माहोल बनाउन जुटिरहेका छन्।

Hardik ivf

पाण्डेले भिटोफमा व्यावसायिक नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले भिटोफको अवधारणालाई व्यावहारिक कार्यान्वयनका लागि यसपटक नेतृत्वमा आउन चाहेको उल्लेख गरे।

अर्का प्रत्यासी थापाले निर्वाचनमा माहोल बनाउन व्यवसायीसँग भेटघाट र अन्तक्र्रिया जारी रहेको बताए। उनले भिटोफको उद्देश्यअनुरुप प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताए।

एघार सदस्यीय कार्यसमिति रहेको फिटोफको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने अन्य पदमा निर्विरोध भइसकेको जनाइएको छ। कोषाध्यक्ष पदका लागि गौरी उप्रेती र सकुन्तला देवकोटा प्रतिस्पर्धी भएका छन्।

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्