Kathmandu Press

स्थानीय तहको निर्वाचनका लागि कालीकोटमा थप १४ दल

कालीकोट, चैत १० : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा १४ साना दल दर्ता भएका छन्।राष्ट्रिय मान्यता प्राप्त...
स्थानीय तहको निर्वाचनका लागि कालीकोटमा थप १४ दल

कालीकोट, चैत १० : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा १४ साना दल दर्ता भएका छन्।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाहेक १४ दलले यही यही चैत ४ गतेदेखि ६ गतेसम्म निर्वाचनका लागि चिन्ह लिन निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

Hardik ivf

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नन्दराम चौलागाईँका अनुसार दर्ता भएका दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सामाजिक एकता पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेकशील साझा पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), नेपाल परिवार दल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी रहेका छन्।

तोकिएको समयमा १४ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका र त्यसको विवरण काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा पठाइएको उहाँको भनाइ थियो।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्