एमालेमा प्रभु साहविरुद्ध रेखा कुमारी झाकाे उजुरी
काठमाडौं, चैत १० : एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले नेता प्रभु साहविरुद्ध पार्टीमा उजुरी दिएकी छन्।प्रतिनिधिसभा सदस्यसमेतर रहेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई...
काठमाडौं, चैत १० : एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले नेता प्रभु साहविरुद्ध पार्टीमा उजुरी दिएकी छन्।
प्रतिनिधिसभा सदस्यसमेतर रहेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै पार्टीको रौतहट जिल्ला अधिवेशनमा हलले अनुमोदन नै नगरेकाहरूलाई शपथ खुवाएको आरोप लगाउँदै उजुरी दिएकी हुन्।
रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता कम्रेड प्रभु शाहको नेतृत्वमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’
उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको दाबी गर्दै उनले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको रौतहट जिल्ला अधिवेशन सकिएको भन्ने वाक्यांश सच्याउन माग गरेकी छन्।
आज (बिहीबार) दोस्रो दिन एमाले केन्द्रीय कमिटीको बैठक चलिरहेको छ। बैठकले सकारात्मक निर्णय लिने अपेक्षा गरेकी छन्।












