कम्युनिष्टका नाममा नवमण्डलेहरुको जन्म भयोः कोइराला
चितवन, असोज १३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले कम्युनिष्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन्।
कांग्रेस चितवन ....
चितवन, असोज १३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले कम्युनिष्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन्।
कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसविरुद्ध नेकपा गुण्डाराजको शैलीमा उत्रन थालेकाले अब कम्युनिष्टको दिनगन्ती शुरु भएको बताए।
कोइरालाले कम्युनिष्टको राज्य आतंकविरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।
‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिदिए। तनहुँमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथि आक्रमण गरे। यही चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने किन नपाउने,’ कोइरालाले प्रश्न गरे।
कोइरालाले कुनै पनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथिको आक्रमण कदापी सैह्य नहुने चेतावनी दिए।






