Kathmandu Press

भारतबाट महँगो शुल्कमा विद्युत् खरिद गर्दै प्राधिकरण, प्रतियुनिट ३८ रुपैयाँ

यसअघि सामान्य अवस्थामा भारतबाट विद्युत आयात गर्दा प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ तिर्दै आएको थियो।
भारतबाट महँगो शुल्कमा विद्युत् खरिद गर्दै प्राधिकरण, प्रतियुनिट ३८ रुपैयाँ

काठमाडौं, चैत १० : नेपाल विद्युत प्राधिकरणले हालसम्मकै उच्च मूल्यमा भारतबाट बिजुली खरिद गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले प्रतियुनिट ३८ रुपैयाँ तिरेर भारतबाट बिजुली खरिद गर्ने सम्झौता भएको जानकारी दिएका छन्। 

नेपालमा विद्युत आपूर्ति अभाव भएका कारण महंगो शुल्क तिरेर भएपनि भारतसँग बिजुली खरिद गर्ने सम्झौता गरिएको प्रवक्ता भट्टराईले बताए। नेपालका औद्योगिक क्षेत्रमा विद्युत अभाव भएका कारण  भारतबाट खरिद गर्न लागिएको उनले बताए। 

‘८ रुपैयाँमा नपरेपछि १० रुपैयाँ भारुमा हिँजो बिड गयौं, त्यसमा पनि १२ वटामात्र ब्लक पर्यो तर औसत मूल्य १५ रुपैयाँ २७ पैसा भारु भारतमै पर्यो र त्यसको नेपाली मूल्य २८ रुपैयाँ पर्न आउँछ । तर कार्यकारी निर्देशकको निर्देशनमा आज हामीले फूल रेटमा बिड गरेका छौं,’ उनले भने,‘ २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं।

यसअघि सामान्य अवस्थामा भारतबाट विद्युत आयात गर्दा प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ तिर्दै आएको थियो। यसपटक पनि सोही मूल्यमा खरिद गर्न प्राधिकरणले प्रस्ताव राखेको थियो तर भारतमा उर्जाको मूल्य बढेका कारण विद्युत कम मूल्यमा विजुली पाउने अवस्था नदेखिएको उनले बताए। 
 
 

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्