Kathmandu Press

पाँचखालका सात हजारलाई लिफ्टिङ प्रविधिबाट सुनकोसीको पानी 

काठमाडाैं, चैत १० : पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ। निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको...
पाँचखालका सात हजारलाई लिफ्टिङ प्रविधिबाट सुनकोसीको पानी 

काठमाडाैं, चैत १० : पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ। निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ।

पाँचखाल नगरका १० वडाका ७ हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो। कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ।

Hardik ivf

नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै  लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको छ। 

हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको समितिका अध्यक्ष कुमार लामछिानेले बताए। उनका अनुसार आयोजनाको भौतिक पूर्वाधारको काम ६० प्रतिशत भइसकेको छ। कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयवासीका घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो।

परियोजनाका लागि २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो। आयोजना विसं २०७९ पुस महिनाभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ। आयोजनाको काम नेपाली कम्पनी कन्काइ विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) ले गरिरहेका हुन् । निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबै परिचालन भइरहेका जनाइएको छ ।

अध्यक्ष लामिछानेका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट ९फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई, र्‍यापिड-स्याण्ड फिल्टर एक, प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू, सरसफाइका संरचनाहरू र दुई शौचालय निर्माण भइरहेका छन्।

उक्त आयोजनाका लागि  रु. दुई अर्ब २१ करोडको  लागत अनुमान गरिए निर्माण कम्पनीले रु. एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने ठेक्का सम्झौता गरेको थियो। सम्झौता सर्तअनुसार कूल लागतकोे पाँच प्रतिशत अर्थात् रु. ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन्। 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्