Kathmandu Press

माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव शर्मा एमालेमा

माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव शर्मा एमालेमा

काठमाडौं, चैत १० : माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको आज (बिहीबार) काठमाडाैंमा जारी दोस्रो दिनको बैठकमा शर्मा र उनकी पत्नी सीता चौधरीलाई स्वागत गरे।

माओवादी केन्द्रबाट असन्तुष्ट शर्माले दुई दिनअघि मात्र पार्टी परित्यागको घोषणा गरेका थिए। उनी माओवादी केन्द्रको घोराही उपमहानगर कमिटी अध्यक्ष पनि थिए।

लामो समय महराको स्वकीय सचिव भएर काम गरेका प्रमोद शर्मा पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी रहे पनि त्यसमा पर्न नसकेपछि असन्तुष्ट रहँदै आएका थिए।

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्