Kathmandu Press

दशैंमा मासुको अभाव हुँदैन, अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल

काठमाडौं, असोज १३ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने दाबी गरेका छन्। 

....
दशैंमा मासुको अभाव हुँदैन, अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल

काठमाडौं, असोज १३ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने दाबी गरेका छन्। 

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन्। ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो। ४० हजार खसी बोका आउने भइसके। अब हामीलाई पर्याप्त हुन्छ। मासुको कुनै अभाव हुँदैन,’उनले भने।

दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले बताए। चाडपर्व सुरु भएसँगै आपूर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाइ छ।

काठमाडौंमा खसीको मासुको मुल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकाले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको छ। ‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सय भन्दा माथि जाने अवस्था छैन। हामी कडाइ गर्छौं,’मन्त्री खनालले भने।

खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको बताए।
 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्